नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवको प्रमुख केन्द्र नै आदिवासी जनजातिको गाउँ बनेको छ । त्यसमा पनि गुरूङ जातिले निर्माण गरेको घरमा बढी चहलपहल हुने गरेको छ । दुरा जातिले लोप भइसकेको घुमाउने घर बनाएर बाहिरी आकर्षण बढाएको छ । तर, गुरूङको घरभित्र भने नियमित पूजापाठ गरिरहेको हुँदा महोत्सव अवलोकन गर्नेहरूको चहलपहल बढेको हो…