कभर स्टोरी

तमू समुदायको ट्होटे पर्वमा स्याङ्गजाको फेदिखोलामा सार्वजनिक विदा

स्याङ्गजा । तमू समुदाय साँस्कृतिक पर्व ट्होटेको अवसरमा स्याङ्गजाको फेदिखोला गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । सदावर्ष जस्तै यस वर्ष पनि उक्त गाउँपालिकाले तमू समुदायको साँस्कृति पर्व ट्होटेको अवसरमा चैत २७ गते सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाको चैत १९ गते बसेको कार्यपालिका बैठकले ट्होटे पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ । सार्वजनिक विदाको दिन गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण संघसंस्था कार्यालयहरु बन्द रहने जनाएको छ ।