कभर स्टोरी

लमजुङको मस्र्याङ्गदी गापाका तमू महिलाहरुलाई बख्खुु बुन्ने तालिम

लमजुङ । लमजुङको मस्र्याङ्गदी गाउँपालिकाका तमू महिलाहरुलाई राडीपाखी (बख्खु) बुन्ने तालिम दिइएको छ । आदिवासी जनजाति उत्थान रास्ट्रीय प्रतिस्ठानद्वारा परम्परागत ज्ञान सिपमा आधारित पेशा व्यावसायको प्रबर्द्धन मार्फत आय आर्जन कार्यक्रम अन्तरगत तमू महिलाहरुलाई राडीपाखी (बख्खु) बुन्ने तालिम दिइएको हो ।

तालिम चैत १२ गतेदेखि २ हप्तासम्म संचालित तालिम सोमबार मस्र्याङ्गदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमख आतिथ्यतामा तथा मनास्लु आमा समूहका अध्यक्ष बालमाया तमूस्योको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।

मर्स्याङ्दी गाउँपालिका ७ ङादीमा संचालित तालिममा २० जना स्थानीय महिलाहरुको सहभागिता रहेको थियो भने तालिममा सहभागी महिलाहरुलाई प्रशिक्षक लक्ष्मी घलेले प्रशिक्षण दिएका थिए ।

पछिल्लो समय परम्परागत ज्ञान शीपका कुराहरु पुस्तान्तरण हुन नसकेका कारण हराउदै गएकोले यसको संरक्षणको लागि तालिम संचालन गरिएको मनास्लु आमा समूहका अध्यक्ष बालमाया तमूस्योले बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा मस्र्याङ्गदी गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष तिल बहादुर तमू, अतिथिहरु आदिवासी जनजाति उत्थान प्रतिस्ठानका कार्यक्रम संयोजक बिमला तमूस्योज्यु, स्थानीय समाजसेवी, बुद्धिजीवी र प्रशिक्षार्थीहरुको सहभागी थियो ।

तालीमबाट सहभागीहरुले राडि बक्खु, चकटी आदि बुन्न सक्ने भएका छन् ।