कभर स्टोरी

तमु एकताको लागि तमु धिं नेपालको टोली काठमाडौ प्रस्थान

पोखरा । तमु समुदायको दुई सामाजिक संस्था तमु धिं नेपाल र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद बिचको संस्थागत एकताका लागि तमु धिं नेपालको वार्ता समिति काठमाडौ प्रस्थान गरेको छ।

तमु धिं नेपालको तर्फबाट वार्ता समितिको संयोजक महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, समितिका सदस्यहरु सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ, सदस्यहरु कृष्ण कुमार गुरुङ, सुरेन्द्र गुरुङ, बिना गुरुङ, ज्ञान सिंह गुरुङ चैत्र १७ गते काठमाण्डौं स्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको कार्यालयमा हुने दुई संस्था बिचको वार्ताका लागि शुक्रवार काठमाण्डौं प्रस्थान गरेको हो।

वार्ता समितिलाई तमु धिंबाट शुभयात्राका शुभेच्छासहित तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले तमु एकता अनिवार्य भएकाले तमु धिं नेपालको वार्ता समितिलाई एकताका लागि पुर्ण अधिकार प्रदान गर्दै तमु ह्युल छोंज धिंलाई एकतालाई टुंगोमा पुर्याउन लचिलो बन्न समेत आग्रह गर्नुभयो ।

अध्यक्ष गुरुङले यसभन्दा पहिलो कार्यकालमा चार पटकको वार्तामा भएका सहमतिलाई पुजिकृत गर्दै एकताका लागि बाँकी रहेको बिषय टुंग्याउन तमु धिं सधै तयार रहेको र वार्ता समितिलाई एकता प्रक्रिया टुंग्याउन पुर्ण अधिकार दिएको बताउनु भयो।

यस अघि भएका वार्ताहरुबाट एकताका लागि विभिन्न ११ बुँदा सहमति गरिएको छ। वार्ताका लागि तमु धिं नेपालको तर्फबाट महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदबाट महासचिव डम्बर बहादुर गुरुङको संयोजकत्वमा रहेको वार्ता समिति एकताका लागि शनिबार काठमाडौमा वार्तामा जुट्ने भएको हो।