सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा तनहुँकी पार्वती गुरुङले जितिन स्वर्ण

काठमाण्डौ । सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा तनहुँ देवघाटकी कराते खेलाडी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । शनिबारदेखि काठमाण्डौमा जारी प्रतियोगीतामा उनले नेपालका लागि स्वर्ण पदक जितेकी हुन् । महिला ४५ केजीमुनि भएको प्रतियोगितामा फाइनलमा बंगलादेशकी अर्पा सलिहालाई हराउदै उनी च्याम्पियन बनेकी हुन् ।