सिक्लेस (कास्की) । हिमालको काखमा रहेको सिक्लेस केवल प्राकृतिक सुन्दरताले भरिएको गाउँ मात्र होइन, गुरूङ समुदायको मौलिक संस्कृति, परम्परा, सामुदायिक अभ्यास र पहिचान बोकेको ऐतिहासिक थलो पनि हो। पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको सिक्लेसमा विकाससँगै आफ्नो मौलिक पहिचान र संस्कृति जोगाउने विषयमा पनि बहस सुरु भएको छ। तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालले आयोजना गरेको…