कभर स्टोरी

चितवनका तमू सञ्चारकर्मी हिरालाल तमू पुरस्कृत

चितवन । चितवनका तमू संञ्चारकर्मी पत्रकार हिरालाल तमू पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासघं चितवनले शनिबार आयोजना गरेको अग्रज पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहमा पत्रकार हिरालाल औद्योगिक पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका हुन् ।

पत्रकार हिरालाल तमू (गुरुङ) संचारकर्मी संघ, नेपाल चितवनका उपाध्यक्ष हुन् भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमतीका कार्यसमिति सदस्य पनि हुन् ।

यस्तै उनी चितवनको इच्छाकामना एफ.एम. १०२.४ मेगाहर्जमा समाचार प्रमुख र राष्ट्रिय समाचार समिति राससमा मुग्लिन प्रतिनिधिको रुपमा कार्यरत रहेका छन् ।