माथिल्लो तामाकोसी सफल बनाउन खम्बाको भूमिकामा रहेका विमल गुरुङ अब दूधकोसीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माणको मुख्य जिम्मेवारीमा इन्जिनियर विमल गुरुङलाई पठाएको छ । प्राधिकरणको सहायक दूधकोसी जलविद्युत कम्पनी लिमिटेडमा उनलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा आयोजना प्रमुखको जिम्मेवारी तोकिएको हो । २६ वर्षदेखि प्राधिकरण अन्तर्गतको जिम्मेवारीमा रहेर जलविद्युत विकासमा काम गरेका गुरुङलाई ६३५ मेगावाटको दूधकोसीको मुख्य जिम्मेवारी तोक्नुले यो आयोजना पनि…