कभर स्टोरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा डिआइजी बुद्धिराज गुरुङ

काठमाण्डौँ । अख्तियार दुरुपयोग  अनुसन्धान आयोग प्रहरी महाशाखाको नेतृत्वमा बुद्धिराज गुरुङको सरुवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी गुरुङको सरुवा गरेको हो ।  भ्रष्ट्रचार तथा अनियमितता नियन्त्रणको अनुसन्धानका लागि यस महाशाखा अत्यन्तै महत्वपूर्ण ईकाइ मानिन्छ ।

अपराध नियन्त्रण तथा अनुसन्धानका लागि गुरुङ प्रहरी संगठन भित्र काविल अफिसरका रुपमा चिनिन्छन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख रहँदा गुरुङले मातहतका जिल्लाहरुमा समयसमयमा शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गर्दै प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई चुस्तदुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेलेको बताईन्छ ।

उनले लक्षित वर्ग पहिचान गरी घरेलु हिंसा, लागुऔषध दुव्र्यसनि न्युनिकरण, साईबर क्राईम, सडक सुरक्षा जस्ता विषयहरुमा नागरिकहरुको सकारात्मक धारणाको विकास गर्ने लघु सचेतना कार्यक्रमहरु संचालन गर्दै अपराध नियन्त्रणका निम्ती स्मरणीय ‘कमाण्ड’ गरेको मातहतका प्रहरी अफिसरहरु बताउँछन् ।

मातहतका प्रहरी कर्मचारीहरुको गुनासोहरुलाई लिखित रुपमा लिने र सम्बोधन गर्ने तथा आफुबाट सम्बोधन नहुने गुनासोहरु माथिल्लो तहमा जाहेर गर्ने कार्यशैलीको विकास गरी प्रहरी संगठनमा हुने अनुचित दवाव नियन्त्रण गर्न उनको उल्लेख्य भूमिका खेलेका छन् । तल्लो दर्जाका प्रहरीको सामान्य समस्यालाई पनि बुझ्दै उनीहरुको आत्मवलको बिकास गर्दै सही पुलिसिङ सिकाउन सक्ने क्षमता गुरुङमा छ । उनी प्रहरी संगठनमा प्रवेश गरेदेखि नै अपराध नियन्त्रण तथा अनुसन्धान तथा कमाण्डिङमा उत्कृष्ट अफिसरका रुपमा गनिन्छन् ।

उनकै नेतृत्वमा गण्डकीमा अनलाइनबाटै प्रहरीमा अपराध सम्बन्धि उजुरी गर्न सक्ने व्यबस्था भएको थियो । सक्षम प्रहरी तथा सचेत नागरिक भए समाजमा अपराध नियन्त्रण गर्न सहज हुने बताउने गुरुङले मातहतका तल्लो दर्जाका समेत प्रहरीलाई समयसमयमा बिभिन्न तालिमहरु दिँदै आएका थिए । त्यसैले गुरुङले कमाण्ड गर्दागर्दै अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन ‘पुलिस ब्याटन’ २०८० बाट गण्डकी प्रदेश प्रहरी पुरस्कृत भएको थियो ।  राम्रो काम गरेको भन्दै उनले संगठनबाट यस्ता थुप्रै पुरस्कारहरु पाइसकेका छन् ।

प्रमाणमुखी अपराध अनुसान्धान र अभिलेख व्यबस्थापनमा प्रहरी चुक्न नहुनेमा उनी अडिक देखिन्छन् । प्रहरी संगठनको माथिल्लो दर्जाको प्रहरी मध्य विवादमा नआएका अफिसरमा उनको पनि नाम आउँछ । इमान्दारीता र संगठनप्रतिको बफदारिताका कारण उनी अहिलेसम्म खासै विवादमा आएका छैनन् ।