कभर स्टोरी

क्यारिकेचर प्रदर्शनीमा कार्टुनिष्ट अनुप गुरुङ प्रथम

काठमाडौं : नेपाली क्यारिकेचर–२०८० प्रदर्शनीमा थाहाखबर डटकमका कार्टुनिष्ट अनुप गुरुङले प्रथम पुरस्कार हात पारेका छन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा काठमाडौंमा आइतबार शुरु भएको प्रतियोगितामा गुरुङको कला पहिलो भएको हो। उनको कृतिले १५ हजार रुपैयाँ राशिको पुरस्कार हात पार्‍यो ।

प्रतियोगितामा सहभागी ३३ कलाकृतिमध्येबाट १२ हजार रुपैयाँ राशिको दोस्रो पुरस्कार अनिशा भण्डारीले हात पारिन्। तृतीय पुरस्कार विश्व थापामगरले  पाए। पुरस्कारको राशि आठ हजार रुपैयाँ छ।

प्रदर्शनीको उद्घाटन अग्रज कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ले उद्घाटन गरेका थिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कार्टुन क्यारिकेचर कलाविकास गर्न जरुरी रहेको बताए।

प्रदर्शनी चैत १ गतेसम्म सञ्चालन हुनेछ। नेपालमा २०७४ सालदेखि नेपाली क्यारिकेचर प्रदर्शनी हुँदै आएको छ।