कभर स्टोरी

बेलायत निवासी संगम तमू मोएय थाइ खेलमा पूनः विजयी

लण्डन । बेलायत निवासी संगम तमूले मोएय थाइ खेलमा पूनः विजय हासिल गरेका छन् । शनिबार ह्यारो लेजर सेन्टर लण्डनमा भएको खेलमा प्रतिद्वन्द्वी साम म्याक रायलाई हराउँदै उनले जित सहज गरेका हुन ।

यो खेल थाइल्यान्डबाट शुरु भइ हाल संसारभरका युवामाझ निकै लोकप्रिय छ । यो खेल किक बोक्सिङ खेल जस्तै हो, हातखुट्टा दुबैले हान्नु र रोक्नु पाँउछ, निकै खतरनाक मानिन्छ ।

हालसम्म ७ खेलमध्ये २ हार र ५ खेल जितिसकेका छन संगमले । लण्डनको क्लब स्तरीय खेल खेल्दै आएका संगम द नओस्ले एकाडेमी क्लवमा आवद्ध छन ।

स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका देउराली स्थायी घर भएका शिवचन्द्र गुरुङ र मिरा गुरुङका जेठो छोरा हुन संगम ।