कभर स्टोरी

चितवनका गुरुङ समूदायले में त्हले पर्व धुमधामसँग मनायो

चितवन । गुरुङ समुदायले परापुर्व कालमा आफ्नो अस्तित्व रक्षा गर्न र शिकार गर्न प्रयोग गरिने हतियार धनुष वाँण चलाउनका लागि विद्या प्राप्त गरेको दिनको रुपमा मनाईने मेँ त्हँले दिना अर्थात धनुष वाण विद्या पर्व चितवनका तमू समुदायले धुमधामले मनाएको छ । चितवनमा जारी प्रथम आदिवासी जनजाती साँस्कृतिक तथा व्यापारिक महोत्सव स्थल परिसरसरमा निर्माण गरिएको गुरुङ घर प्राङ्गणमा चितवनको गुरुङ समुदायले धुमधामसँग यो पर्व मनाएको हो ।

यो पर्व विषेश गरेर गुरुङ समुदायले धनुष वाँण चलाउन विद्या प्राप्त गरेको खुशीयालीमा मनाउने भएकोले सदा वर्षजस्तै यस वर्ष पनि तमू प्ये ल्हु संघ चितवनको आयोजना धनुष वाण प्रतियोगिता गरेर मेँ त्हले पर्व मनाएको संघ चितवन जिल्ला अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी हुने खुम बहादुर गुरुङ लाई नगद पुरस्कार समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।