कभर स्टोरी

मिलिजुली तमू समाज काठमाण्डौको अध्यक्षमा कमलकृष्ण गुरुङ चयन

काठमाण्डौ । मिलिजुली तमू समाज काठमाण्डौंको अध्यक्षमा कमलकृष्ण गुरुङ चयन हुनुभएको छ । शनिबार सम्पन्न समाजको २६औ साधारण सभाले कमलकृष्ण गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको पदाधिकारीहरुमा उपाध्यक्षमा राजु गुरुङ, शेरजँग गुरुङ र शक्ति गुरुङ, महासचिवमा लाला गुरुङ, सचिवमा गोपाल गुरुङ, कोषाध्यक्षमा अमर गुरुङ र सह–कोषाध्यक्षमा अशोक गुरुङ चयन हुनुभएको छ भने सदस्यहरुमा देव गुरुङ, सन्तोष गुरुङ, प्रसाद गुरुङ ‘शुभ’, प्रसाद गुरुङ ‘ढ्वाँरे’, अर्जुन गुरुङ, ज्योति गुरुङ, भाईराजा गुरुङ चयन हुनुभएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल आगामी ४ वर्ष (२०८०–२०८४) रहनेछ । तात्कालीन स्याङ्गजाका ५ गाविस पुम्दिभुम्दी, कृस्ती नात्नेचौर, पौवेगोम्डे, आरुखर्क र फेदीखोलाबाट काठमाडौ आइ बसोबास गर्ने गुरुङहरुको साझा सस्थाका रुपमा २०५४ माघ ११ गते मिलिजुली तमू समाजको स्थापना भएको हो । समाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । करिब १२० घर धुरी आवद्ध समाजको सस्थापक अध्यक्ष खेम बहादुर गुरुङ हुन् ।

अरु दिन आफ्नो कार्यमा व्यस्त भए पनि हामी सबै भेट गरि दुःख सुख साट्ने र आफ्नो सदस्यहरुमा मर्दापर्दा सहयोग गर्ने, हाम्रो गाउँघर तिर आपद विपद पर्दा सहयोग गर्ने गरिएको समाजका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष कमलकृष्ण गुरुङले बताउनुभयो ।