कभर स्टोरी

चितवनका स्थानीय तमू समाजसँग तमू सञ्चारकर्मीको भेटघाट र अन्तरक्रिया

चितवन । जिल्लाको मुख्य तमू संघ संस्थाका प्रतिनिधि र तमू (गुरुङ) सञ्चारकर्मी बिच भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भरतपुरमा रहेको पाते ढिँडो एण्ड बिच रिसोर्टमा मंगलबार एक कार्यक्रमको अयोजना गरि समाजका प्रतिनिधि र सञ्चारकर्मी बिच बिच भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिका अध्यक्ष बिमला गुरुङ, सचिव किशोर गुरुङ र संगठन सचिव मीना गुरुङ, तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष बिक्रम गुरुङ, सदस्य आश बहादुर गुरुङको उपस्थिति रहेको थियो भने तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका अध्यक्ष लाला गुरुङ, महासचिव चित्र सोल्टी गुरुङ, पूर्व केन्द्रीय कोषाध्यक्ष, सल्लाहकार एवं वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङको समेत उपस्थिति रहेको थियो ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल केन्द्रीय समिति र चितवन जिल्ला समितिको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल जिल्ला कार्यसमिति चितवनका अध्यक्ष तुलमान गुरुङले गरेका थिए भने चितवनका तमू सञ्चारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी तमू सञ्चारकर्मीहरुले पछिल्लो समय सञ्चारमाध्यममा तमू सञ्चारकर्मी टिक्न कठिन हुदै गएको, गुरुङ सञ्चारकर्मीहरले नै संचालन गरेका संञ्चारमाध्यमहरु संकट पर्दै गएकोले समाजले साथ सपोर्ट गरेर जोगाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए भने सहभागी समाजका प्रतिनिधिहरुले समेत त्यसका लागि गुरुङ समाजहरु सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।