गुरुङ चलचित्र ‘पजे गोरे’ काठमाडौंमा प्रदर्शन

काठमाडौं । तमु (गुरुङ) संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र 'पजे गोरे' (बाजे गोरे) बेलायत र पोखरापछि काठमाडौंमा भव्य प्रदर्शन गरिएको छ । गत शनिबार राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रमबीच तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का निवर्तमान अध्यक्ष, वरिष्ठ समाजसेवी तथा बौद्धिक व्यक्तित्व रेशम गुरुङको प्रमुख आतिथ्यतामा पजे गोरे चलचित्र प्रदर्शन गरिएको हो ।…