गीत–संगीत

चितवनमा गुरुङ चलचित्र ‘मि–थो’को भव्य प्रदर्शन

चितवन । गुरुङ मातृभाषामा निर्माण गरिएको चलचित्र ‘मि–थो’ (खुल्ला आँखा) को चितवनमा भव्य प्रदर्शन गरिएको छ । शनिबार चितवनको नारायणगढमा अवस्थित इन्द्रदेव चलचित्र मन्दिरमा चलचित्रको भव्य प्रदर्शन गरिएको थियो ।

गुरुङहरुको धार्मिक संस्थाको रुपमा स्थापित तमू प्ये ल्हु संघ चितवनको व्यवस्थापनमा चितवनमा चलचित्रको प्रदर्शन गरिएको हो । चलचित्र हेरेपछि अधिकांश दर्शकहरुले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

स्टार स्टुडियो प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शंकर गुरुङ (बतासे) हुन् भने उनैले चलचित्रको कथा, पटकथा र संवाद लेखेका छन् । चलचित्रको निर्देशन राज बहादुर गुरुङ (राजेश)ले गरेका हुन् भने उनीहरु दुवै जना चितवनमा भएको चलचित्र प्रदर्शनीमा सहभागी भएका थिए ।

चितवनकै गुरुङ चलचित्रका कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’ले समेत अभिनय गरेका छन् ।