गीत–संगीत

ओम प्रकाश गुरुङको लेखन निर्देशनमा जापानिज सबटाईटल सहितको नेपाली चलचित्र ‘साकुरा फेरी फुल्छ’ पुनः प्रदर्शनमा आउने

जापान । जापानिज भाषाको सब टाईटलमा निर्माण गरिएको ओम प्रकाश गुरुङको लेखन निर्देशनमा बनेको नेपाली चलचित्र ‘साकुरा फेरी फुल्छ’ पुनः प्रदर्शनमा आउने भएको छ । सन् २०१९ मा बनेर जापानमा भव्य प्रदर्शन भैसकेको चलचित्रको प्रदर्शन कोरोना महामारीको कारण रोकिएको थियो । अब भने निर्माण पक्षले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने भएको छ ।

MGF Production को ब्यानरमा Team 20 Prodution, Japan को लगानीमा निर्माण भएको चलचित्र मंसिर ९ गतेदेखि पुनः प्रदर्शनमा आउन लागेको हो । चलचित्रले जापानमा रहेका नेपालीहरुको कथा व्यथा बोकेको छ । चलचित्रको छायाँकन ९५% जापानमा र ५% नेपालमा भएको छ। उनीहरुको आफ्नै यथार्थ जीवन भोगाई बोकेको चलचित्र भएकोले नेपालबाट जापान जान चाहने विद्यार्थी, कामदारहरु र व्यवसायीहरुले एकपटक हेर्नै पर्ने चलचित्र बनेको निर्माण पक्षको दाबी छ ।

चलचित्रको लेखन, निर्देशन ओम प्रकाश गुरुङले गरेको हो भने चलचित्रमा कलाकारहरु माओत्से गुरुङ, मधुसुदन भण्डारी, राजन राई, माया गुरुङ, सृष्टि थापा, नवराज बराल, लाल शोभा गुरुङ, प्रकाश सिग्देल, ओम सँगी गुरुङ लगायतको अभिनय छ । चलचित्रमा सँगीत तथा स्वर सर्वज्ञमान शाक्य, शब्द ताइकाजी गुरुङ र ओम प्रकाश गुरुङ, छायाँकन प्रबिन हिराचन, प्रकाश तथा श्रृँगार राजु खड्गी ‘याकचा’, एनिमेशन सम्पदा गुरुङ, सम्पादन तथा कलर सर्वज्ञमान शाक्य, नृत्य अरमान गुरुङ र केवल गुरुङ, कार्यकारी निर्माता खड्ग सिंह गुरुङ, सह–निर्देशन माया गुरुङ र सुचन राई, मुख्य सहायक निर्देशन युक्तमान गुरुङको रहेको छ ।

यस्तै जापान पछि चलचित्र छिट्टै हङकङ, दक्षिण कोरिया र अमेरिकामा प्रदर्शन गरेर नेपालमा पनि प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ ।