गीत–संगीत

गुरूङ हुँ म (मिसेज गुरूङ) माङीको उपाधि रिमालाई

बुटवल । गुरूङ हुँ म (मिसेज गुरूङ) माङीको उपाधि मोतिपुरकी रिमा क्रोम्जे गुरूङले हात पारेकी छन् ।

रूपन्देही जिल्लाभित्रका १५ जना प्रतिस्पर्धीीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

गुरुङ बिवाहित महिलाहरुको आफूभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्दश्यले तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगरको आयोजनामा भएको सो प्रतियोगितामा रामनगर बुटवलकी सम्झना गुरूङ फस्ट रनरअप भएकी छन् भने गौमाया गुरूङ सेकेन्ड रनरअप हुन सफल भएकी छन् ।

प्रतियोगितामा रूपन्देही भित्रका २७ वटा इकाईबाट गुरूङ आमाहरूले प्रतिष्पर्धा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले गुरूङ दिदीबहिनीका लागि यो धेरै राम्रो कार्यक्रम भएको बताइन् । उनले यस्तो कार्यक्रमले सासू बुहारी बीचको सम्बन्धलाई झनै प्रगाढ गर्ने बताउँदै घरमा चुलाचौका मात्र नभई यसले महिलाहरुको नेतृत्व विकासमा पनि अगाडि बढ्ने प्रेरणा मिल्ने बताइन।

तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रूपन्देहीको संरक्षकत्व रहेको प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरूले फाइनल राउन्डको लागि प्रतिष्पर्धा गरेका गरेका थिए ।

गत महिनादेखि सुरु भएको प्रतिस्पर्धाको फाइनल राउन्डमा निर्णायकहरू तमु प्ये ताँ ल्हु ताँविज्ञ ठाकुरजङ म्होब्छे गुरुङ, गायक तथा नायक धनबहादुर गुरूङ र संचारकर्मी मनु गुरूङ रहेका थिए।

कार्यक्रममा वक्ताहरु झप्पटबहादुर गुरुङ परिषदका उपाध्यक्ष वीरबहादुर गुरूङले स्वागत गर्दै नेपाल भौगोलिक र सांस्कृतिक विविधताले सम्पन्न भएको बताउँदै गुरुङ जातिहरुको आफ्नै संस्कार संस्कृति र बिशेषता रहेको बताए ।

तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समिति बुटवलका वरिष्ठ उपाध्यक्ष उमा गुरूङको अध्यक्षता रहेको कार्यक्रमको संयोजकमा सुन्दर गुरूङ र सन्चालन दुर्गा गुरुङ्ले गरेका थिए ।