गीत–संगीत

गुरूङ चलचित्र ह्रोसै ङ्हो ‘आफ्नै कर्म’ काठमाडौंमा प्रदर्शन

काठमाडौं । गुरूङ सँस्कृतिमा आधारित चलचित्र ‘ह्रोसैँ ङ्हो’ अर्थात् आफ्नै कर्मको काठमाडौंमा भव्य प्रदर्शन गरिएको छ । चलचित्र ‘ह्रोसै ङ्होु९आफ्नै कर्म० काठमाडौंको गोंगबुस्थित इन्फिनिटी मुभिज हलमा शनिवार प्रदर्शन भएको हो ।

चलचित्र ह्रोंसै ङ्हो द्वन्द्व निर्देशक जनक गुरूङको लेखनरनिर्देशन, रविन गुरूङको सहनिर्देशन र परिकल्पनामा निर्माण गरिएको हो । चलचित्रमा रविन गुरूङ, वीरबल घले, जनक गुरूङ, अनुता गुरूङ, आकृती गुरूङ, माया गुरूङ, रेशम गुरूङ, राम गुरूङ, श्रद्धा गुरूङलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

यस चलचित्रले सामाजिक विषयवस्तुलाई मुख्य कथा बस्तु बनाइएको, माया, प्रेम, वियोग, विभेदलगायतका विषयलाई उठाउने प्रयास गरिएको द्वन्द्व निर्देशक जनक गुरुङले बताए । नवज्योति भिजन नेपाल प्रालिको ब्यानरमा बनेको गुरुङ सँस्कृतिमा आधारित नेपाली चलचित्र सबैले हेर्नु पर्ने उत्कृष्ट चलचित्र बनेको सह(निर्देशक एवं परिकल्पनाकार रबिन गुरुङले बताए ।

सो चलचित्र खेम थापामगरले छायांकन र मेखबहादुर थापामगरले सम्पादन गरेका हुन् । शनिवार काठमाडौंमा प्रदर्शन गरिएको चलचित्र कलाकारहरु पनि दर्शकसँगै बसेर हेरेका थिए । चलचित्र यसअघिनै लम्जुङ, कास्की, गोरखा, चितवन हुँदै मलेसिया, हङकङमा समेत प्रदर्शन गरिसकेको छ । यो चलचित्र काठमाडौंमा भने दोस्रो पटक प्रदर्शन गरिएको हो ।

त्यसैगरी, नवज्योति भिजन नेपाल प्रालिले चलचित्र निर्माणका क्रममा सहयोग चलचित्रकर्मीलाई सम्मान गरेको थियो । चलचित्र प्रदर्शनका क्रममा निर्मताले हलमै औपचारिक कार्यक्रम गरी सहयोगीलाई प्रमाणपत्र तथा खादा लगाई सम्मानसमेत गरेका थिए ।