गीत–संगीत

फिल्म ‘एक भागवत गीता’ को स्पष्टीकरण– “गुरुङ समुदायमा आँच आउने कुनै प्रशंग छैन”

काठमाडौं । झरना थापा निर्देशित नेपाली चलचित्र ‘एक भागवत गीता’ ले गुरुङ फिल्म एशोसियसन (जिफान) लाई स्पष्टीकरण पठाएको छ ।

गुरुङ समुदायको भेषभुषासहित केही कथावस्तु समेटिएको भन्दै जिफानले स्पष्टीकरण सोधे अनुसार फिल्म ‘एक भागवत गीता’ ले स्पष्टीकरणसहितको जवाफ पठाएको हो ।

सुहाना इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘एक भागवत गीता’ को निर्माण पक्षले फिल्ममा गुरुङ समुदाय र संस्कृतिमा आँच आउने कुनै पनि प्रशंग नरहेको बताएको छ ।

सुहाना इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार थापाद्वारा हस्ताक्षरित पत्रमा फिल्म ‘एक भागवत गीता’ का नायक गुरुङ समुदायबाट भएकाले गुरुङ भेषभुषालाई ससम्मान प्रयोग गरिएको उल्लेख छ ।