गीत–संगीत

गुरूङ चलचित्र ‘ह्रोसैँ ङ्हो’ (आफ्नै कर्म) हङकङमा भव्य प्रदर्शन हुँदै

हङकङ । सबै भाषाका दर्शकहरुले बुझ्ने नेपाली भाषामा बनेको र केही गुरूङ भाषा र संस्कृतिमा आधारित समाजमा घटिरहने परिघटनालाई चित्रण गरिएको चलचित्र ‘ह्रोसैँ ङ्हो’ अर्थात् आफ्नै कर्म नेपालको विभिन्न शहर, गाउँ वस्तिहरुमा भव्य प्रदर्शन हुदै अव हङकङमा विशेष प्रदर्शन हुदैछ । काठमाडौँ, लम्जुङ, कास्की, गोरखा, चितवन हुँदै मलेसियामा समेत प्रदर्शन गरिएको यस चलचित्र अव हङकङमा प्रदर्शन हुँदैछ ।

१५ अटुबर २०२३, आइतबार हङकङका दर्शकहरुको माया र सहयोगका साथ विशेष प्रदर्शन हुँदै छ । हङकङको जोडन स्थित “याउ मा तेई कम्युनिटी हल”मा प्रदर्शन हुदै छ ।

स्याङजाको पर्यटकीय गुरुङ गाउँ सातसय कोल्मा गाउँमा छायाँकन गरिएको चलचित्र ‘ह्रोसैँ ङ्हो’मा सामाजिक विषयवस्तुलाई मुख्य कथा बनाइएको चलचित्रले माया, प्रेम, वियोग, नारी विभेदलगायतका विषयलाई उठाउने प्रयास गरिएको छ । जनक गुरूङको लेखन÷निर्देशनमा बनेको चलचित्र, रविन गुरूङको सहनिर्देशन र परिकल्पनामा निर्माण भएको हो । नवज्योति भिजन नेपालको ब्यानरमा बनेको चलचित्रमा निर्माताहरु लालबहादुर गुरूङ (एलबिजेट), शमशेर गुरूङ, मन्त्रीजंग गुरूङ, प्रतिमा गुरूङ, जुनु गुरूङ, माया गुरूङ र जमान गुरूङ रहेका छन् । चलचित्रमा वीरबल घले, रविन गुरूङ, अनुता गुरूङ, आकृती गुरूङ, मन्त्रीजङ गुरुङ, सिता गुरुङ जनक गुरूङ बालकलाकार श्रद्धा गुरूङ आदी कलाकारहरुको प्रमुख भमिका रहेका छन ।

खेम थापामगरले छायांकन गरेको चलचित्रलाई मेखबहादुर थापामगरले सम्पादन गरेका हुन् । चलचित्रमा नृत्य निर्देशन रविन गुरूङ र मनाङ गुरूङले गरेका छन भने द्वन्द्व जनक गुरूङले निर्देशन गरेका छन् । चलचित्रले समाजमा व्यवहारिक रुपमा घट्ने विषयलाई उठान गरेका छन् । बैदेशिक रोजघरमा राम्रो सपना वोकेर जानेहरुको दुःखद घटनको परिदृष्य प्रस्तुत गरेका छन् । जस्ले सचेतना सन्देश पनि यस चलचित्रले दिएको छ । त्यसकारण पनि दर्शकहरुले यस चलचित्र एकपटक हेर्नै पर्ने हुन्छ र एक पटक हेरेका दर्शकहरुले पुन हेर्ने अनुरोध गरेको पनि छन् ।