संस्कार-संस्कृति सुधार्दै लाप्राकी, फजुल खर्च गरे कारवाही

केशव गुरुङ गोरखा । परापूर्वकालदेखि प्रचलित संस्कृतिलाई समयानुकुल सुधार गर्न लाप्राकबासी एकजुट भएका छन् । संस्कृतिको नाममा हुने फजुलखर्च कटौती गर्न उनीहरु एकजुट भएका हुन् । गत शुक्रबार वडाध्यक्ष किसान गुरुङको नेतृत्वमा भएको आमभेलाले यस बिषयलाई मध्यनजर गरी बिभिन्न निर्णय समेत गरेको छ । तमु प्ये ल्हु गाउँ इकाइ समितिको प्रस्ताव अनुसार फजुल खर्च कम…