कभर स्टोरी

नेपाली सेनाको उपरथीमा भरतचन्द्र गुरुङको बढुवा

काठमाडौं । नेपाली सेनाको मानार्थ उपरथीमा भरतचन्द्र गुरुङको बढुवा भएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका गुरुङलाई जंगीअड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले आज दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकारको २०८० भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका गुरुङ लगायतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

सोही समारोहमा उपरथी दर्जामा बढुवा भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । उपरथी राउतलाई संभाररथीमा नियुक्त भएका छन् ।