कभर स्टोरी

नेपालमा गुरुङको जनसंख्या : कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल गुरुङ समुदायको जनसंख्या विगत १० वर्षमा बढेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा गुरुङको संख्या ५ लाख ४३ हजार ७९० पाइएको छ । तथ्याङ्क विभागले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विगत १० वर्षमा गुरुङ १ दशमलव ८६ प्रतिशत बढेको देखिएको छ ।

तथ्याङ्क अनुसार, पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ । महिलाको संख्या २ लाख ८९ हजार ५२३ छ भने पुरुषको संख्या २ लाख ५४ हजार २६७ देखिएको छ ।

२०६८ को जनगणनाअनुसार गुरुङको जनंसंख्या ५ लाख २२ हजार ६४१ थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, सबैभन्दा बढी गुरुङको संख्या गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशमा २ लाख ७२ हजार २७० छन् । त्यसपछि बागमती प्रदेशमा गुरुङको बसोबास रहेका देखिएको छ । बागमतीमा १ लाख ४० हजार ७८२ छ ।

कोशी प्रदेशमा गुरुङको संख्या ६३ हजार ३७० देखिएको छ । त्यसैगरी, मधेस प्रदेशमा ३ हजार ४९ जना रहेको तथ्यांकमा छ ।

त्यसैगरी, लुम्बिनीमा गुरुङको संख्या ४७ हजार ४९४ देखिएको छ । कर्णाली प्रदेशमा गुरुङको संख्या १२ हजार ५ सय ४६ देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा गुरुङको संख्या ४ हजार २७९ रहेको तथ्यांक छ ।

कुन जिल्लामा कति गुरुङ ?

 

Gurung janaganana