काठमाडौं । क्वोने (घोताने–घोण्डे) गुरुङ (तमू) समाजले जाजरकोटको नलगाड नगरपालिका–१, कलपतका भूकम्प प्रभावितलाई स्लिपिङ ब्याग प्रदान गरेको छ । समाजका उपाध्यक्ष श्रीप्रसाद गुरुङ र कोषाध्यक्ष सिआई नारायण गुरुङले कलपतका भूकम्प प्रभावितलाई स्थानीय प्रशासन र सरकारको समन्वयमा समाजको तर्फबाट दुई सय ५० थान स्लिपिङ ब्याग प्रदान गरेको हो । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक…