ब्यानर

गुरुङ लामाहरुबाट काठमाडौँमा विश्व शान्ति पूजा

काठमाडौँ । काठमाडौँको बुढानिल्कण्ठमा बुद्धको १०३ ठेली धर्म ग्रन्थ वचन गरेर विश्व शान्ती पूजा गरिदैछ।

बुढानिल्कण्ठस्थित चार भन्ज्याङ्ग तमु समाजको प्रांगणमा ६० जना गुरुङ लामाहरुद्वारा बुद्धको कंग्युर वाचन गरिएको तमु लामा समाजका अध्यक्ष एबं लामा गुरु शिर लामा गुरुङले बताए ।

दुई बर्षअघि पोखरास्थित तमु धीबाट शुरु गरिएको विश्व शान्ति पूजा यस पटक काठमाडौँमा आयोजना गरिएको आयोजक संस्थाले बताएको छ। ६ दिनसम्म चल्ने यो पूजामा देशभरका गुरुङ समुदायका लामाहरुले भेला भएर विश्व शान्ति पूजा गरिरहेका छन् ।