प्रवास

सामुदायिक भवन परियोजना सहयोगार्थ तमु समाज युकेको ‘च्यारिटी डिनर नाइट’ भव्य

लन्डन । तमु समाज युकेको आयोजनामा सामुदायिक भवन परियोजना सहयोगार्थ परोपकारी रात्रिभोज ‘च्यारिटी डिनर नाइट’ भव्य रुपमा सम्पन्न भएको छ ।

लन्डनमा रहेको ओकिङ्टन मनोर बैंक्वेटिङ हल, ओकिङ्टन मनोर ड्राइभ वेम्बलीमा शनिबार २३ मार्च २०२४ मा विभिन्न व्यक्तिलाई सम्मान, सांगीतिक कार्यक्रमसहित च्यारिटी डिनर नाइट सम्पन्न भएको हो ।

अध्यक्ष शिवकुमार गुरुङ, प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्य, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले दीप प्रज्ज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षता, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता, रोयल बोरो अफ ग्रीनवीच लन्डनका उपमेयर काउन्सिलर जीत रानाभाट विशेष आतिथ्यतामा भएको कार्यक्रम महासचिव धरम बल गुरुङले सञ्चालन गरेका थिए भने सचिव सुव घलेले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । स्वागत मन्तव्य अध्यक्ष शिवकुमारले नै राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, उनकी श्रीमती सुनिता आचार्यलाई तमु समाजका अध्यक्ष शिवकुमार, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूह अध्यक्ष उमादेवी गुरुङसहित पदाधिकारी र सदस्यहरुले पाइपरको धुनसहित स्वागत गरेका थिए ।

त्यसपछि समाजका अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षले समुदायमा नवनिर्वाचित अध्यक्षहरुलाई बधाई ज्ञापन गरेका थिए । तमु प्ये ल्हु संघ युकेका नवनिर्वाचित अध्यक्ष क्या रि डेमबहादुर योज तमु, आमा समूह अध्यक्ष बबिता गुरुङको टिम, सहारा युकेका कृष्ण गुरुङको टिम, क्वोंने ९घोतानेरघोण्डे० गुरुङ ९तमु० समाज युके प्रमुख संरक्षक क्यारि जीवनकुमार गुरुङ, चेलीबेटी प्रमुख लीना गुरुङको टिम, पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ नेतृत्वको टिम, नेपाली कोअपरेटिभ इन्भेस्टमेन्ट युकेका अध्यक्ष मोहन गुरुङ, लेम तमु ९लाम्छाने गुरुङ० समाज युकेका अध्यक्ष क्या बालकृष्ण गुरुङ लगायतलाई सम्मान गरिएको थियो । उनीहरुलाई समाजका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले गुरुङ संस्कार, संस्कृतिअनुसार फेटा, पछ्यौराद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार विक्रम गुरुङ दम्पतीलाई ुतमु समाज युके विशिष्ट संगीत सेवा सम्मानु बाट सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि राजदूत आचार्य, अध्यक्ष शिवकुमार गुरुङ र आमा समूह अध्यक्ष उमादेवीले प्रमाणपत्र, फेटाले सम्मान गरेका थिए ।

कार्यक्रममा दाताहरुलाई प्रमुख अतिथि राजदूत आचार्यले ताम्रपत्र प्रदान गरेका थिए । त्यस्तै सांस्कृतिक टिमलाई विशेष अतिथि उपमेयर रानाभाटले प्रशंसापत्र हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख अतिथि लगायतले मन्तव्य र तमु समाज युकेका उपाध्यक्ष विन्दु घलेले धन्यवाद मन्तव्य राखेका थिए ।

राजदूत आचार्यले नेपालदेखि धेरै टाढा भए पनि आफ्नो संस्कार, संस्कृति र पहिचानलाई तमु समाज युकेले जीवन राखेको र नेपाल तथा नेपालीको दुस्ख सुखमा सारथी बनेकोमा आफूले मुक्तकण्ठले प्रशंसा गरे । तमु समाज युकेले आफ्नै सुविधासम्पन्न भवन बनाउने संकल्पका साथ आयोजित परोपकारी रात्रिभोजमा खुला मनले गरिएको सहयोगले पनि यो योजनाले छिट्टै मूर्तरुप लिनेमा आफू पूर्ण विश्वस्त रहेको राजदूत आचार्यको भनाइ छ ।

मौलिक नृत्य समेटिएको कार्यक्रममा भाग्योदय चिठ्ठा ९राफल ड्र० समेत खेलाइएको थियो । प्रथम पुरस्कार पोखरेली मञ्च युकेकी उपाध्यक्ष पवित्र गुरुङले प्राप्त गरे । उक्त पुरस्कार न्यू लक्ष्मी ज्वेलर्स युकेकी प्रोपाइटर लक्ष्मी राईले प्रायोजन गरेकी थिइन् ।

कार्यक्रमको अन्त्यतिर डिजे विशाल मोक्तान र प्रज्ज्वलमान गुरुङसँग सहभागीहरुले नाचेर साथ दिएका थिए ।

च्यारिटी डिनर नाइट कार्यक्रम संयोजक उपाध्यक्ष भिमबहादुर गुरुङ थिए भने सांस्कृतिक टिमको नेतृत्व उपाध्यक्ष विन्दु घले, सांस्कृतिक कार्यक्रमको कोरियोग्राफर सरु गुरुङ राना र बिमला गुरुङले गरेका थिए । मनोरञ्जनात्मक कार्यक्रम लक्ष्मी गुरुङ र निरज गुरुङले आकर्षक ढंगले सञ्चालन गरेका थिए ।

सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रमको तस्बिरहरु गोर्खा मिडियाका मिलन तमु, ओमकार गुरुङ, टेकबहादुर गुरुङले लिएका थिए भने विशन गुरुङले भिडियोग्राफी गरेका थिए ।

कार्यक्रममा बेलायतका विभिन्न संघ संस्थाका अध्यक्षरप्रतिनिधि, तमु समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक, शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो ।