ब्यानर

कलाकर्मी जसु गुरुङलाई एक लाख रुपैयाँको ‘रोटरी भोकेशनल एक्सिलेन्स अवार्ड’

पोखरा । कलाकर्मी जसु गुरुङले ुरोटरी भोकेशनल एक्सिलेन्स अवार्डु पाएकी छन् ।

रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानको १६ औं रोटरी डिष्ट्रिक्ट सम्मेलन बुटवलमा डा. सुनीति र गोपाल आचार्य ट्रस्ट फन्डबाट नेपालभरिका रोटरियन महिलामध्ये उत्कृष्ट हुँदै महिलालाई सामाजिक सेवामा प्रोत्साहित गर्न, क्लब र समाजमा उनको योगदानको कदर गर्दै एक लाख रुपैयाँसहित ‘रोटरी भोकेशनल एक्सिलेन्स अवार्ड’ गुरुङलाई प्रदान गरिएको हो ।

गुरुङलाई प्रमुख अतिथि रोटरी इन्टरनेशनल प्रतिनिधि अध्यक्ष डेनिस सोयर, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानको डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजु, जया राज्यलक्ष्मी शाह ,विधायक संयोजक शारदा आचार्य पोखरेल लगायतले चेक, मायाको चिनो एवं सर्टिफिकेट अफ रेकोग्नीसन प्रदान गरे ।

कार्यक्रममा सम्बोधन गर्दै आफ्नो सफलता पछाडिका तितामिठा अनुभवसहित रोटरीको यात्रा तय गरेको वर्षमा नै पुरस्कार पाउँदा गर्व महसुस भएको भन्दै चलचित्र निर्देशक, कोरियोग्राफर, समाजसेवी रोटरियन जसुले आफ्नो कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता जनाइन् । आफ्नो यात्रामा प्रत्यक्ष(अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद दिइन् ।

डा।सुनीति र गोपाल आचार्य ट्रस्ट फन्ड गत वर्षबाट सुरु गरिएको हो भने उक्त अवार्ड महिलाहरूलाई प्रेरित गर्न र आफूभन्दा माथिको सेवाको रोटरी थीमतर्फ थप उत्प्रेरित गर्न प्रत्येक वर्ष एक लाख नगदसहित एक जना रोटरियन, एक जना नन्‌रोटरीयनलाई प्रदान गरिन्छ । यो वर्ष नन्‌रोटरियनबाट लक्ष्मी नेपाल परेकी थिइन् ।