काठमाण्डौ । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन) द्वारा स्थापित विभिन्न शीर्षकको पत्रकारिता पुरस्कारबाट ६ जना सञ्चारकर्मी पत्रकारहरु परस्कृत भएका छन् । गुरुङ समुदायको महान पर्व तमू ल्होसारको पूर्व सन्धामा बुधबार काठमाण्डौ स्थित तमू बौद्ध सेवा समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पुरस्कृत गरिएको हो । एट्जोनले विभिन्न सहयोगी दाताहरुको आर्थिक सहयोगमा स्थापित अक्षयकोष…