लण्डन। तमु छोंज धिं उपत्यका प्रमुख तथा चर्चित गायक–अभिनेता राजु गुरुङ सोंपाल समाज युकेको निमन्त्रणामा बेलायत आइपुग्नुभएको छ। उहाँलाई शनिबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा प्रवासी नेपाली तथा तमु समुदायले भव्य स्वागत गरेका छन्।
४ जुलाई २०२६ शनिबार बेलुका हिथ्रो एरपोर्ट मा उत्रनु भएको थियो। उहाँको स्वागतको लागि सोंपाल समाज युकेका अध्यक्ष जगदिश गुरुङद्वारा खादा लगाएर स्वागत गर्नु भएको थियो भने क्रमिक रुपमा आमा अध्यक्ष श्रीमती मनदेवी गुरुङ ज्युले पुष्प गुच्छा बाट स्वागत गर्नु भएको थियो। उहाँलाई स्वागत गर्नको लागि तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ तथा आमा अध्यक्ष श्रीमती कमला गुरुङ ज्युको बिशेष उपस्थिती थियो त्यसरी नै एन आर एन युकेका प्रमुख संरक्षक डेभिड गुरुङ ज्युले खादा पुस्पा गुच्छा द्वारा स्वागत गर्नु भएको थियो।
उहाँको भब्य स्वागतको लागि सोंपाल समाजको विशिष्ट व्यक्तिहरु को साथमा समाजको चेलीबेटी हरुको पनि बिशेष उपस्थिती रहेको थियो। राजु गुरुङ ज्युको युके आगमन सोंपाल समाज युकेको बार्षिक कार्यक्रम बिबिक्यु तथा समर भेटघाट कार्यक्रमलै लक्ष्य गरेर उहाँको कला प्रस्तुतिको लागि निमन्त्रण गरिएको हो। उहाँ युकेमा पहिले पनि तमु धिं युकेको निमन्त्रणमा आइसक्नु भएको थियो।
यस पटक उहाँको भ्रमण बेलायतको समर को मौषम लाई पनि मध्ये नजर गरेर भएको छ। सोंपाल समाज युकेले ११ जुलाई २०२६ शनिबार को दिन पोस्ट अफिस क्लब, लण्डनको भब्य मन्च र मैदानमा समर भेटघाट तथा बिबिक्यु कार्यक्रम अयोजना गर्दैछ र उक्त दिन चर्चित कलाकार राजु गुरुङ ज्युको चर्चित गीत हरुको प्रस्तुति हुनेछ। उहाँको लोक दोहोरि तथा गुरुङ गीतहरु मन छुने खालका धेरै छन साथै उहाँको प्रस्तुति सधैं बिशेष हुने गर्दछ। सोंपाल समाज युकेका सम्पूर्ण सदस्य ज्युहरु साथै चेलीबेटी ज्वाई भान्जा भान्जीहरु इष्टमित्र ज्युहरु सबै सबैलाई हार्दीक चुलो निम्तो छ।





