बगर तमु समाजको ३०औं वार्षिक साधारणसभा

पोखरा । तमु धिं नेपाल अन्तर्गत रहेको क्षेत्रिय समाज बगर तमु समाजको शनिवार ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरा बगर मानसडकस्थित बगर तमु समाजको वार्षिक साधारणसभाको प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुहुदै तमु बगर तमु समाजले तमुहरुको एकता, कला सँस्कृतिको संरक्षण, सामुदायिक अधिकारका लागि शसक्त भुमिका खेल्दै आएको भन्दै…