ब्यानर

तमू प्ये ल्हु संघको केन्द्रीय अध्यक्षमा ओम थिम्चे तमू, महासचिवमा हर्क योज तमू निर्वाचित

पोखरा । तमू प्ये ल्हु संघ नेपाल केन्द्रीय समितिको अध्यक्षमा ओम थिम्जे तमू निर्वाचित भएको छ । बिहिबार पोखरामा सम्पन्न संघको छैठौ महाधिवेशनले अध्यक्षमा ओम थिम्चे तमूलाई निर्वाचित गरेको हो ।

संघको अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा एकाजंङ्ग प्ल्हे तमू, कोसी प्रदेश उपाध्यक्षमा धर्मराज प्हच्यु तमू, बागमती प्रदेश उपाध्यक्षमा तुलाराम तमू, कर्णाली प्रदेश उपाध्यक्षमा राम बहादुर तमू, लुम्बिनी प्रदेश उपाध्यक्षमा सुबेदार देवी बहादुर तमू, गण्डकी प्रदेश उपाध्यक्षमा महेन्द्र जंग तमू महासचिवमा हर्क योज्मे तमू, उपमहासचिवमा अर्जुन तमू, सह–महासचिवमा ईन्द्र कुमारी तमू सचिवमा बम बहादुर तमू, कोषाध्यक्षमा मन्जु तमू र सह–कोषाध्यक्षमा शेखर ल्हेगे तमू निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा जमुना तमू देव कुमार तमू, लालजित तमू, सोमराज तमू, मोम प्रसाद तमू, छत्र तमू, दिल बहादुर तमू, रमा तमू, लोककृष्ण तमू, माया तमू, बन्दना तमू, तिल प्रसाद तमू, पुष्प कला तमू, अमर तमू, क्या. भिम बहादुर तमू र कुल प्रसाद तमू निर्वाचित भएका छन् ।