भव्य रुपमा मनाइयो ट्होंटे पर्व, झाँकी र्‍यालीमा चिउली पाचे तमु समाजको ह्याट्रिक

पोखरा । तमुहरुले पोखरामा धुमधामका साथ साँस्कृतिक पर्वट ट्होटें मनाएका छन् । दृश्य अदृश्य बैरीहरुलाई धपाउदै आफ्नो ह्युल, गाउँ बस्ती सुरक्षित, संरक्षित, व्यवस्थित एवम सभ्य बनाउन मनाउदै आएको ट्होटें पर्वमा यसपटक सामुदायिक अधिकार प्राप्ति, विभेद एवम अपमानको प्रतिरोध गर्ने र सामुदायिक एकताको आवाजसहित ट्होटें मनाएका हुन् । पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवाबाट मौलिक भेषभुषा,…