ब्यानर

होमियोपेथिक एशोसियसन गण्डकीको उपाध्यक्षमा पूनः तमू सञ्चारकर्मी किरण तमूस्यो निर्वाचित

पोखरा । अल नेपाल होमियोपेथिक एशोसियसन गण्डकी प्रदेशको उपाध्यक्षमा तमू सञ्चारकर्मी किरण तमूस्यो निर्वाचित भएको छ । केहि दिन अघि सम्पन्न एसोसियशनको आठौं साधारण सभा तथा तेस्रो अधिवेशनले तमू सञ्चारकर्मी तमूस्योलाई पुनः उपाध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा किरण सँगै समितिको कोषाध्यक्षमा पृथ्वी तमू र सदस्यमा चन्द्रवती तमूस्योलाई समेत निर्वाचित गरेको छ ।

उपाध्यक्षमा निर्वाचित किरण तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय सदस्य हुन् भने छ्याजालो न्युज डटकम अनलाईनका संचालक समेत हुन् ।