ब्यानर

गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’ शनिबार चितवनमा प्रदर्शन हुदै

चितवन । गुरुङ समुदायको कथावस्तु आधारित मातृभाषी चलचित्र ‘मार्कली’ को चितवनमा प्रदर्शन गरिने भएको छ । नारायणगढमा रहेको इन्द्रदेव चलचित्र मन्दिरमा यहि चैत २४ गते शनिबार बिहान ११ः३० बजे प्रदर्शन गर्न लागिएको हो ।

पाईला फिल्म्स प्रा. लि. को व्यानरमा निर्माणमा भएको चलचित्रको चितवनमा भव्य प्रदर्शन गर्न लागिएको फिल्म प्रदर्शनका लागि चितवन संयोजक गुरुङ कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’ले जानकारी दिएका छन् ।

चलचित्रको निर्देशन माओत्सेतुङ गुरुङ र बल बहादुर गुरुङले गरेका छन् भने राम बहादुर गुरुङ, रक्षा गुरुङ, भिम गुरुङ, राजु गुरुङ, प्रदिप कुमार गुरुङ, बल बहादुर गुरुङ, इश्वर गुरुङ र सुनिता गुरुङ चलचित्रमा निर्माता रहेका छन् ।

यस्तै चलचित्रमा बल बहादुर गुरुङ, गणेशमान घले, अश्मि गुरुङ, बबिता गुरुङ, प्रतिक्षा गुरुङ, अन्जना गुरुङ, रक्षा गुरुङ, अर्चना गुरुङ, सुसन गुरुङ र गोविन्द पोखरेल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेका छन् ।