मनिराज गुरुङ २०५१ भदौ १ गते अपरान्ह ४ः२० मा रेडियो नेपालबाट तमू (गुरुङ) मातृभाषामा पहिलो पटक समाचार प्रसारण हुने निर्णय भयो । समाचार वाचनका लागि तीन जना गोबिन्द गुरुङ, सोमन गुरुङ र गंगा गुरुङ छानिएका थिए । छनोट भएकाहरूलाई रेडियो नेपालले एक साता लामो सैद्धान्तिक र प्राविधिक तालिम पनि दिएको थियो । तालिमको तीन दिन…