ब्यानर

तमू आदिकवि हर्कबहादुर गुरुङको ८७औ जन्मजयन्ती, गाउँपालिका स्तरीय कविता प्रतियोगिता

फेदिखोला । तमू आदिकवि हर्कबहादुर गुरुङको ८७औ जन्मजयन्तीका अवसरमा फेदिखोला गाउँपालिका भित्रका मावि स्तरीय नेपाली भाषा र तमु भाषामा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

फेदिखोला गुम्बाको प्राङ्गणमा भएको उक्त कार्यक्रममा तमू (गुरुङ) समाज फेदीखोलाका अध्यक्ष युगबहादुर गुरुङले स्वागत मन्तव्य राखेर सबै बिध्यार्थीहरुलाई शुभकामना दिए ।

तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिस्ठान र फेदिखोला गाउँपालिकाको आयोजनामा फेदिखोला गाउँपालिका शिक्षा शाखाको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

यसपटक नेपाली भाषातर्फ २० जना र गुरुङ भाषातर्फ ६ जना सहभागी रहेको शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले बताए । कविता वाचन गर्ने भाइबहिनीहरुले तमू भाषाका आदिकवि हर्कबहादुर गुरुङको विषयमा चर्चा गरेका थिए ।

तमू भाषाको निर्णायकमा होमबहादुर गुरुङ रहेको थियो भने नेपाली भाषातर्फका निर्णायक होमनाथ शर्मा रहेको थियो ।

गुरुङ भाषातर्फ सिद्धार्थ माविका सुजाता गुरुङ प्रथम, सिद्धार्थ माविकै प्रयत्न गुरुङ दोस्रो र मैदान माविका जिया गुरुङ तृत्तीय भए भने चण्डीडाँडा माविका वर्षा गुरुङ सान्त्वना स्थाना हासिल गरे ।

नेपाली भाषातर्फ जनप्रिय माविका सक्षम शर्मा प्रथम भए भने सिद्धार्थ माविका रश्मी केसी दोस्रो र कालभैरव माविका शिक्षा खत्री तृत्तीय भए ।

बिजेताहरुलाई माघ ११ गते तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृतिपार्कमा पुरस्कार वितरण गरिने छ ।

पुरस्कार राशी पहिलो, दोस्रो, तेस्रो, सान्त्वनालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ

उक्त कार्यक्रमको चिया खाजा तमू (गुरुङ) समाज फेदिखोलाले प्रायोजन गरेको थियो ।

कार्यक्रमको सभाध्यक्ष तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिस्ठानका संरक्षक पवित्र गुरुङले गरेका थिए ।

सहभागी सर्ब विद्यार्थीलाई तमू समाज फेदिखोलाका अध्यक्ष युगबहादुर गुरुङले टीका लगाइ स्वागत गरेका थिए भने संस्थाका संरक्षक पवित्र गुरुङबाट आदिकविको जीवनी सम्प्रेषित कपि वितरण गरेका थिए ।