ब्यानर

गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा तेजबहादुर च्हाक्ली तमू

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

पोखरामा आज सम्पन्न भएको अधिवेसनबाट अध्यक्ष पदमा तेजबहादुर च्हाक्ली तमू निर्वाचित भएका छन् ।

सो मञ्चको उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा मिश्र गुरुङ (कोशी प्रदेश संयोजक), कोषाध्यक्षमा जसु गुरुङ, सहकोषाध्यक्षमा छम गुरुङ (बागमती प्रदेश संयोजक) निर्वाचित भएका छन् ।

सदस्यहरुमा आश गुरुङ (गण्डकी प्रदेश संयोजक), प्रतिमा गुरुङ, पवित्रा गुरुङ, सुरज गुरुङ चयन भएका छन् । थप तीन जना कार्यसमिति सदस्य र दुई प्रदेश संयोजक पहिलो बैठकबाट मनोनयन गरिने जनाएको छ ।