ब्यानर

तमू आदिकवि हर्कबहादुर गुरुङ स्‍मृति मार्ग नामाकरण

फेदिखोला । तमू आदिकवि हर्कबहादुर गुरुङको नाममा सडकको नामाकरण गरिएको छ ।

तमू आदिकवि हर्कबहादुरको ८७औ जन्मजयन्तीको अवसरमा आगेकुना–लामिस्वाँरा–गादोलेखोरिया–दामगाडे–साल्मे रामकोट पुग्ने बाटोलाई ‘तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति मार्ग’ नामाकरण गरिएको हो ।

लामिस्वाँरा समाजका अध्यक्ष क्या. केदारकुमार गुरुङ लगायत आफन्तजनहरुको उपस्थितिमा सो सडकको नामाकरण सम्पन्न गरिएको हो ।

आदिकविको ८७औ जन्मदिनको अवसर पारेर गाउँलेहरुले गाउँ जाने ग्रामीण सडकको नामाकरण गरिएको हो ।

कार्यक्रममा टीका गुरुङले स्वागत मन्तव्य राखेका थिए । उनले तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्कलाई संरक्षणको आवश्यक रहेको बताए ।

आदिकविको जीवनीबारे बहादुरसिहं गुरुङले प्रष्ट पारेका थिए भने आदिकविको नाममा समर्पित गर्दै कविता वाचन गरेका थिए ।

रामकोट समाजका अध्यक्ष क्या. इन्द्रबहादुर गुरुङले आदिकविले गर्दा आफ्नो गाउँठाउँको चिनारी भएको भन्दै अझ यसलार्इ प्रचारप्रसारको आवश्यकक रहेको बताए ।

भुम्दी समाज युकेका अध्यक्षले आदिकविकाबारे चर्चा गरी यस्तो कार्यक्रम भव्यताका साथ मनाउनुपर्नेमा जोड दिए । उनले अक्षयकोषका लागि ४० हजार रुपैयाँ दिएका थिए ।

कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले आदिकविले रचना गरेका गीत, कविताहरु निकै मार्मिक रहेको भन्दै कविता वाचन गरेका थिए ।

फेदिखोला गाउँपालिका वडा नं १ का पूर्वअध्यक्ष खिमबहादुर क्षेत्रीले आदिकविको स्मरण गर्दै पार्कका लागि जग्गा खोज्नुमा धेरै स्थान खोजे पश्चात् यो ठाउँ उपलब्ध भएको बताए ।

कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं २ का अध्यक्ष अबिलाश गुरुङले अब यो स्मृति पार्क र तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति मार्ग दुबैको स्तरोन्नतिका लागि समाज, प्रतिस्ठान र सबै मिलेर स्थानीय तह, प्रदेश, संघमा समन्वय गरी बजेट मागका लागि पहल गर्नुपर्ने बताए ।

प्रतिस्ठानका अध्यक्ष अर्जुन गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएर समापन गरेका थिए ।

कार्यक्रम होम बहादुर गुरुङले सन्चालन गरेका थिए ।

उक्त कार्यक्रममा फेदिखोला गाउँपालिका अन्तरमावि स्थरीय कविता प्रतियोगितामा प्रथम हुने गुरुङ भाषातर्फ र नेपाली भाषातर्फका विद्यार्थीले कविता वाचन गरेका थिए ।

तमू आदिकवि हर्कबहादुर गुरुङको ८७औ जन्मजयन्ती, गाउँपालिका स्तरीय कविता प्रतियोगिता