ब्यानर

स्याङ्गजाको फेदीखोलामा आयोजित तमू खेमा लिपी प्रशिक्षण कार्यक्रम सम्पन्न

स्याङ्गजा । जिल्लाको फेदीखोला गाउँपालिकामा आयोजित तमू खेमा लिपी प्रशिक्षण कायक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेशको आयोजना तथा फेदीखोला गाउँपालिका र तमू (गुरुङ) समाज फेदीखोलाको संयोजनमा दुई साता संचालित तमू खेमा लिपी प्रशिक्षण कायक्रम सम्पन्न भएको मंगलबार सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रम कार्तिक १ गतेदेखि १४ गतेसम्म फेदीखोला तमू समाजको भवन फेदीखोलामा सञ्चालन भएको थियो ।

प्रशिक्षण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले कार्यक्रमलाई सम्बोन्धन गर्दै यस्तो कार्यक्रम दुई हप्ताको शिक्षणले अलि नपुग्ला यस्लाइ निखारता दिन कम्तीमा पनि दुई महिनाको पाठ्यक्रम बनाइ अध्यन गराउनु पर्ने र यसका लागि सहयोग गर्न पालिका तयार रहेकोले समाजले समय मिलाउन आग्रह गर्नुभयो । साथै उहाँले भाषा हराए अस्तित्व नै हराउने हुँदा यसको जगेर्ना गर्न हामी सबैको उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रमका विशेष अतिथि फेदिखोला गाउँपालिका उपाध्यक्ष देउ कुमारी गुरुङले भाषा भनेको घर–घरबाटै शुरुआत गर्नुपर्ने र हरेक घरमा बाबा आमाहरुले आफ्नो बालबालिकाहरु सँग गुरुङ भाषा मै कुराकानी गर्नुपर्ने अनि बल्ल मात्र भाषा बच्नेछ नत्र हाम्रो भाषा मर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का विशेष अतिथि गण्डकी प्रदेश प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले हामिले हाम्रो भाषा सस्कार संस्कृति जोगाइ भावी पिढिलाइ हस्तान्तरण गर्न सक्यो भने त्यो नै सबैभन्दा यो धन नै ठूलो रहेको बताउनुभयो ।

कार्यक्रममा ३० जना सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरु मध्य प्रथम हुने आकंक्ष तमू, द्वितीय हुने सप्रीना तमू र तृतीय हुने सुदिका तमूलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा प्रशिक्षक गिरमान गुरुङले दुई हप्तासम्म प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

समापन समारोह तमू (गुरुङ) समाज फेदीखोलाको अध्यक्ष सु.मे. खेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा फेदिखोला वडाध्इक्षहरु अमृत क्षेत्री, अबिलाश गुरुङ, ख्यामनारायण पौडेल, डिल बहादुर गुरुङले मन्तव्य राख्नुभएको थियो ।