कभर स्टोरी

बहुआयमिक व्यक्तित्व शेर बहादुर गुरुङ

  • नारायण बहादुर गुरुङ्ग

हाम्रो पुज्यनीय बाबा श्री शेर बहादुर गुरुङ ज्यु को बि स २०७८ साल जेठ ५ गते बुधबार का दिन दिउँसो १२。३० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिकानगर योगिकुटी को आफैले बनाउनु भयेको घरमा परिवार को बिच ९२ बर्षको उमेरमा शान्तिपुर्बक देहत्याग गर्नु भयो । उहाँ बि स १९८६ साल असौज महिना ३ गते बुधबार गण्डकी प्रदेश पर्बत जिल्ला महाशिला गाउँ बिकास समिति वडा नम्बर ६ मणिगाउँ दादरा मा बाबा सुबेदार मेजर जीत बहादुर गुरुङ र आमा नौली गुरुङ को जेठो सन्तान भयेर जन्मनु भयेको थियो।

उहाँले देहरादुन बाट म्याट्रीक र  त्रिभुवन विश्व​बिध्यालयबाट आईए गर्नु भ​एको थियो । त्यसपछि समाजिक क्षेत्रमा  होमिनु भयो । उहाँले गुरुङ समाजमा भ​एको रुढीबादि, कुरितिहरु हटाई गुरुङ हरुको समाजिक, साँस्क्रितिक, शैक्षिक धार्मिक बिकाशमा सर्बागिणबिकास को लागि शुरु गर्नु भ​एको अभियान जिवनपरयन्त गरिरहनु भयो। संगसंगै शिक्षाबाट बन्चित त्यस ईलाकामा स्कुल खोल्न अग्रगामि भुमिका खेल्नु भयो । उहाँले खोल्नु भ​एको त्यो स्कुल असंख्य बिद्यर्थी हरुलाई शिक्षाको ज्योति दिंदै अहिले घन्टे उच्च माद्यमिक बिद्द्यालयको रुपमा त्यस भेगका बिद्यार्थी हरुलाई आधुनिक शिक्षा दिन्दै आईरहेको छ र अन्तिम समयसम्म आर्थिक सहयोग गरिरह्नु भयो । एक बर्षअघिमात्र आफु र आफ्ना छोरा छोरी हरु बाट  १ १ लाख रुपियाँ संकलन गरि स्कुल लाई हस्तन्तरण गर्नु भयो ।यो शैक्षिक अभियान जिवन पर्यन्त गरि रह्नु भयो ।

१५ सालको आमचुनावमा उम्मेदवार भएर राजनिति शुरु गर्नु भयो । प्रशानिक तर्फ नेपालमा भुमिसुधार कार्यक्रम शुरु भ​ए पछि बाग्लुङ जिल्ला को भुमिसुधार अधिकारि भ​एर सेवा गर्नु भयो  । राजनैतिक क्षेत्रमा पंचायत कालिन बर्गिय संगठन भुतपुर्ब सैनिक केन्द्रिय सभापति मा निर्बाजित भै सेवा गर्नु भयो । तत्कलिन संबैधानिक  ब्यबस्था अनुसार बर्गिय संगठनको   केन्द्रिय सभापति हरु  राजसभाको  पदेन सदस्य हुने  प्रचलन अनुसार राजाबाट सम्माननिय राजसभाको सदस्यमा नियुक्त हुनु भयो।  जिवन पर्यन्त राजनितिमा सक्रिय भएपनि उहाँ समाजिक शैक्षिक, साँस्क्रितिक्, साहितिक र धार्मिक क्षेत्रमा बडी आबद्द हुनु भयो। यि बिभिन्न  क्षेत्रमा आबद्द संघसस्था मा सक्रिय हुनु भयो बौदिक्, आर्थिक अनुदान  दीइ रह्नु भयो अक्षयकोषहरु  स्थापना गर्नु भयो बौदिक  सर्सल्लाह दीइ रह्नु भयो । यि बिबिध क्षेत्र हरु संग सम्बन्धित बिषय हरु मा निरन्तर कलम चलाई रहनु भयो । ३३ वटा किताबहरु प्रकशित भैसकेका छन । ति पुस्तक हरु निशुल्क बितरण गर्नु हुन्थ्यो । उहाँका सबै  खाले रचनाहरु मा देश प्रेम​, जन प्रेम, सहस्तित्व , सहिस्रुता जस्ता उत्तम मानविय धारणहरु बाट वोतप्रोत भएको पाउँछौ।

आफ्नो जन्म थलो मा खोल्नु भ​एको पहिलो स्कुल घन्टे उच्च माबि बारे माथि नै उल्लेख  भैसकेको छ । त्यस बाहेक जन्म थलोमा अन्य दुई स्कुल खोल्न र सन्चालन गर्न तनमन धन ले सहयोग दिदै आउनु भएको छ । एउटा डाँडा  कटेरी गाउँमा स्थित मदन आश्रित मा बि लाई मा बि बनाउन र भौतिक सम्र्चना को निमित्त अफ्नो १५ रोपनि जग्गा सम्म परेको, पानीको मुल भयेको र आफैले खोले को मोटर  बाटो भ​एको जग्गा निशुल्क राजिनामा गरिदिनु भयो। त्यस जग्गा मा भौतिक समर्चना निर्माणको लागि सर्कारी सहयोग जुटाउन २०७८ बैशाक १ गते नेपाल सर्कारले प्रदान गरेको जन्सेवा श्री पंचम आभुसंण सम्माननिय राष्ट्रपति  ज्यु बाट लिन काठमान्डौ जानुहुँदा राष्ट्पति ज्यु र प्रधानमन्त्रि ज्युलाई भेटन प्रयत्नरत हुनुहुन्थ्यो तर कोबिड को दोश्रो लहर फैलिए संगै पछि सारिएको  थियो। यसरि जिवन को आखिरि सम्म प्रयत्नशिल रहुनु भयो। यो त एउटा उदाहरणमात्रै हो । यसरि नै जन्म थलो को फलमखानी मा फलामखानी निम्न माद्यमिक बिद्द्यालय खोल्न र सन्चाल्न गर्न बौदिक आर्थिक सहयोग दिईरहनु भयो । यो स्कुल दलित  बिद्द्यार्थि हरुको बाहुल्य रहेको स्कुल हो । उहाँको  जन्म भुमीप्रति प्रेम कति सम्म छ भने गत महाशिवरात्रि का दिन २०७७ साल फागुन २७ गते देखि फगुन ३० गते सम्म जेठा छोरा नारायण र  नारायण का छोरा जेठा नाति अन्वेष चीन बाट बिदामा आएको मौका पारि  तिन पुस्ता  जेठाहरु पहाड घर मा बितायौ। यस मौकामा पनि स्कुल हरु नै हाम्रा प्राथमिक्ता मा परे जबकि दुई,तिन हप्ता अघि मात्रा उहाँ पहाड घर मा तिन महिना  बसि पुरानो घरहरु को मर्मत सम्भार गरि बुटवल घर फर्किनु भ​एको थियो।

स्कुल खोल्ने काम बुटवल मा बसाई सरेपछि पनि निरन्तर्ता दिनु भयो । हाल सम्पुर्ण नेपाल भरिकै सार्बजनिक बिध्यालय हरुमा सर्बश्रेष्ट स्थानमा पर्न सफल भएको कालिका मानव ज्ञान उच्च बिध्यालय उहाँका बाबा हाम्रा श्रद्देय स्वर्गिय बाजे श्री सुबेदार मेजर जित बहादुर गुरुङ को नेत्रित्वमा हाम्रा बाबा समेतको  संग्नतामा  स्थापना गरिएको स्कुल माध्यमिक बिध्यालय भ​ए पछि ६ बर्षस्म्म संचलक समिति को अध्यक्ष भ​एर नेत्रित्व दायि भुमिका निभाउनु भयो । त्यस्तै तिलोत्तमा नगरपालिका योगिकुटि को जनजाग्ररिति स्कुल र सोहि नगर पालिका को डिङर्कुवा को जनज्योति माध्यमिक बिध्यालय हरुको स्थापना देखि हालै सम्म सक्रिय भैरह्नु भयो ।

गत बर्ष नेपालमा कोबिड्-१९ को प्रथम लहर आएको बेला जनस्वास्थ्या लाई ध्यानमा राखि सहयोगार्थ लुम्बिनि प्रदेश  सर्कार, गन्डकी प्रदेश र केन्द्रिय सर्का लाई रु एक एक लाख को दरले तिन लाख राज्यलाई दिनु भयो ।

उहाँ ९२ बर्षको उच्च उमेर मा पनि स्वस्थ र तरुणहरु जस्तै फुर्तिलो हुनु हुन्थ्यो । चिन्ने जान्नेहरु सबै आशचर्यमा पर्ने गर्थे । त्यो हेरेर  उहाँ अझै पाँच दश बर्ष बाँच्ने अनुमान लगाउथे । काठमाडौ बाट  करिब एक महिना जेठा छोराको घरमा बसि २०७८ साल बैशक १४ गते मंगलबार बुटवल घर फर्कनु भ​एको थियो । बैशाख १६ बाट बिसन्चो हुनु भएपछि गरेको स्वास्थ्य परिक्षणमा निमोनिया भयेको देखियो। अस्पताल र घरमै डाकटर नर्स हरु बाट उपचार भै रह्यो । उपचारको लागि काठमन्डौ लग्ने प्रयास अस्पतालमा   बेड को अभावले सफल हुन सकेन । यसै बिच पिसिआर टेस्ट गर्दा पोजिटिभ देखियो । दुइ जना नर्शरुलाई घरमै राखि डाक्टर र अक्सिजन को ब्यबस्था गरि उपचार गरियो। पुन पिसिआर टेस्ट को नतिजा देहात्याग गर्नु ३ दिन अघि नेगेटिभ आएपाछि स्वास्थ्या मा सुधार भ​एको भनि हामी सबै खुशि भ​एका थियौ । तर एकदिन पछि सास फेर्न कठिनाई भ​एपछि बुटवलको सिद्दबाबा अस्पतालको आइ सियु मा भर्न गरियो, सुधार नभ​एपछि डाकटरहरुले वेन्टिलेटरमा राख्न सुझावलाई बाबाले मान्नु भयेन र घर फर्काउन भन्नु भयेको भोलिपल्ट २०७८ जेठ ५ गते बुधबार दिउसो उहाँले देहत्याग गर्नु भयो ।

पिसिआर नेगेटिभ आएको कारण उहाँको अन्तेस्सठी गुरुङ समाज मा चलिआएको  परम्परागत बौद्ध​ धार्मिक संस्कार अनुसार महामारिलाई द्रिस्टिगत गर्दै र  सबै प्रोटोकाल अनुशरण गरेर लामा धर्म गुरु हरु, सिमित परिवारजन र नात्तागोता हरु बाट बुटवलमा भ​एको गुरुङ डाँडा (चिहान) मा २०७८ जेठ ६ दिउसो भयो ।  उहाँको भौतिक शरिर हाम्रो बिच रहेन । चिरशान्ति को लागि हार्दिक  श्रदाञलि चढाउछौं । अब उहाँले देखाउनु भ​एको बाटो हाम्रो मार्गदर्शन को रुपमा रहि रहने छ ।

उहाँको पितृकार्य अर्घुं तिथिअनुसार २०७८ जेठ १८ गते मंगलबार बुटवल को घरमा दुई थरि धर्मगुरुहरु बौद्ध लामा धर्मगुरुहरु र गुरुङहरुको परम्परागत धर्मगुरु (पुरेत) पचुहरुद्वारा २०७८ साल जेठ १९ गते बुधबार  गरियो।  पचु पुरेत राख्ने निर्णय र आफ्नो अन्तेष्टि गर्ने चिहान घाट उहाँको मृत्यु हुनु केहि अघि मात्र परिवारलाई भनिएको थियो । यसरि उहाँले  गुरुङ जातिको उन्नति प्रगति र समय अनुकुल सुधार गर्न को लागि  बिस २०११ सालमा गुरुङ कल्याणसंघ को संस्थपक सदस्य भएदेखि जिवनको आखिरि सम्म गुरुङहरु को संस्कृति र सम्पुर्ण गुरुङहरु को एकता लाई सुधृढ गर्न निरन्तर प्रयत्नशिल रहनु भयो। मेरो ब्यक्तिगत बिचारमा बिगत ऐतिहासिक  रुढीबादी सोच र कुरितिका कारण बिभाजित हाम्रो समाज अझै भावानात्मक रुप मा एक्जुट नभ​एको जस्तो लाग्छ। यस बिसयमा मेरो धारण ईतिहासले गरेको भुललाई बिर्सेर भावानात्मक रुपमा एकिकरण भै यो २१ औ शताब्दी मा हाम्रा राम्रा परम्परागत सांस्कृति,  भाषा, बेशभुसा लाई परिमार्जन गर्दै बिज्ञान प्रबिधिलाई  अंगाल्दै सम्म्माजनक र सुखि जिवन को लागि प्रयत्नशिल हुन पर्छ भन्ने छ ।

भवतु सब्ब मङलम ॥