ब्यानर

रोशन गुरुङको नयाँ पुस्तक ‘गुरुङ स्याई–स्याई कल्चर’ सार्वजनिक

पोखरा । एक दशकदेखि गुरुङ संस्कृति सम्बन्धी कलम चलाउँदै आउनुभएका ईन्जिनियर, मानवशास्त्री, अनुसन्धानकर्ता तथा चलचित्रकर्मी समेत रहनुभएका रोशन गुरुङले गुरुङ समुदायको संस्कार संस्कृति सम्बन्धि नयाँ पुस्तक सार्वजनिक गनुभएको छ ।

गुरुङले केही दिनअघि आफ्नो नयाँ पुस्तक ुन्गचगलन कथबष्(कथबष् अगतिगचभ ‘गुरुङ स्याई–स्याई कल्चर’ एमाजनमा सार्वजनिक गर्नुभएको हो ।

पुस्तक किण्डल ईबुक र पेपरब्याक दुवै भर्सनमा उपलब्ध छ । बायोमेडिशन उपचार पद्धति एकल (शरिरको मात्र उपचार)मा आधारित भएको तर गुरुङ संस्कृतिमा आधारित स्याई स्याईले भने होलिस्टिक (समग्रतामा अध्यात्मिक, सामाजिक, आर्थिक, मनोबैज्ञानिक उपचार) गरिरहेकोले स्वास्थको लागि यसको विशेष महत्व भएको लेखकको दाबी छ ।

यो संस्कृति गुरुङ समुदायमा बिस्तारै लोप हुँदै गइरहेको छ । स्थानीय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा फैलाउन आफुले एमाजन र अंग्रेजी भाषा प्रयोग गरेको लेखक गुरुङ बताउनुहुन्छ ।