काठमाडौं । लेम तमू (लाम्छाने गुरुङ) समाजले तेस्रो स्थापना दिवस मनाएको छ । काठमाडौंमा भौतिक र भर्चुअल माध्यममार्फत विश्वभरमा रहेका लेम तमूहरुबीचमा स्थापना दिवस मनाएका हुन् । काठमाडौंको तमू बौद्ध सेवा समिति नेपालको हलमा आयोजित स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्थापना दिवसको प्रमुख अतिथि तमू स्वायत्तताको पहिलो प्रस्तावक पूर्वमन्त्री खगेन्द्रजंग गुरुङ थिए…