गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारेको छ। गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार पारेको हो। कक्षा १ देखि ३ सम्म पठनपाठन गर्ने–गराउने उद्देश्यले ‘स्थानीय मातृभाषा (गुरुङ)’ नामक पाठ्यपुस्तक प्रकाशन गरिएको छ। पाठ्यपुस्तकमा सिरानचोक गाउँपालिकाको चिनारी, पर्यापर्यटन, गुरुङ समुदायको इतिहास, कला, भेषभुषा, धर्म, संस्कार…