ब्यानर

गुरुङ दाजुभाइले चढे सगरमाथा

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४ का दुई गुरुङ दाजुभाइ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

दुवै दाजुभाइले शुक्रबार बिहान शिखर चुम्न सफल भएका हुन् । दाजु आशिष गुरुङले बिहान ४ः३८ मिनेट र भाइ सुजन गुरुङले विहान ७ः३५ मिनेट जाँदा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।

दुई दाजुभाइले पहिलोपटक सगरमाथाको आरोहण गरेका भने होइनन् ।

आशिष अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड समेत हुन् । उनले चारपटक सगरमाथा आरोहण गरिसकेका छन् ।

सुजनले दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

यो आरोहणको आयोजना ट्याग नेपाल ट्रेक्सले आयोजना गरेको हो ।