प्रवास

तमू टहो ह्युल हङकङले जुन २ तारिखमा वैशाख पुर्णिमा मनाउने

हङकङ । तमुहरुको ऐतिहासिक तथा महान सांस्कृतिक पर्ब बैशाख पुर्णिमाको अवसरमा तमु टहो ह्युल हङकङले भव्य कार्यक्रम आयोजना गर्ने भएको छ ।

संस्थाको छब्बीसौं वार्षिक उत्सबको समेत अवसर पारेर आउदो जुन २ तारिखको साँझ हङकङको ब्लु ओसन रेष्टुरेन्ट एन्ड बारमा कार्यक्रम हुने भएको हो ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी गराए अनुसार उक्त कार्यक्रममा लोक गायिका प्रिया गुरुङ र लोक गायक मनोज गुरुङ सहित अन्य कलाकारहरुको सांस्कृतिक कार्यक्रममा प्रस्तुति रहने छ । कार्यक्रममा लोपोन्मुख बाह्रमासे घाटु नृत्य, प्रहसन, सामुहिक नृत्य प्रस्तुत हुने आयोजक तमु टहो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा संस्थाको महिला विभागबाट कविता गुरुङ र उपाध्यक्ष ईश्वर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रम सचिव पदम गुरुङले सञ्चालन गरेका थिए । आयोजक तथा अतिथिहरुले कार्यक्रमको पोष्टर समेत सार्वजनिक गरेका थिए ।