ब्यानर

सुनिला गुरुङको संयोजकत्वमा न्हान्सी तमू समाज नेपाल चितवनको तदर्थ समिति गठन

चितवन । गुरुङ समुदायको विभिन्न उपथरहरु मध्यको एक न्हान्सी गुरुङको सामाजिक संस्था न्हान्सी तमू समाज नेपालले चितवनमा पनि संगठन विस्तार गरेको छ । शनिबार चितवनको भरतपुर स्थित तीनखोले गुम्बा बसेनीको प्राङ्गणमा बसेको समाजको केन्द्रीय समितिको पहिलो घुम्ती बैठकले जिल्ला स्तरीय तदर्थ समिति गठन गर्दै चितवनमा संगठन विस्तार गरेको हो ।

समाजको चितवन जिल्ला स्तरीय तदर्थ समितिको संयोजकमा सुनिला गुरुङ (भरतपुर), सदस्यहरुमा अक्कल बहादुर गुरुङ (शक्तिखोर दोवरा), भरत गुरुङ (याकराङ), कमल गुरुङ (गैरीबारी), विकाश गुरुङ (दारेचोक), मान बहादुर गुरुङ (चनौटे( र सुजन गुरुङ (दाहाखानी) रहेका छन्।

नवगठित तदर्थ समितिले आगामी ६ महिना भित्र प्रथम जिल्ला अधिवेशन सम्पन्न गरि न्हान्सी तमू समाज नेपाल जिल्ला कार्यसमिति चितवन गठन गरिने समाजका महासचिव लेख बहादुर गुरुङले जानकारी दिएका छन् ।

यस्तै महासचिव गुरुङका अनुसार बैठकले संस्थालाई आधिकारीकताको लागि दर्ता प्रक्रिया सुरु गर्ने र त्यसका लागि ५ सदस्यीय विद्यान मस्यौदा समिति गठन गरिएको छ । जसमा संयोजकमा चित्र बहादुर गुरुङ, सदस्यहरुमा तिल बहादुर गुरुङ (तिलक), लक्ष्मण गुरुङ, मिश्रा गुरुङ र निरमाया गुरुङ रहेका छन् ।

बैठकमा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र हालसालै इन्जिनियरिङमा स्नातक तह उर्तीण गरेका चितवन इच्छाकामनाका टेष्ट कुमार गुरुङलाई समाजको तर्फबाट बधाई ज्ञापन गर्दै गुरुङ संस्कार अनुसार फेटा लगाएर सम्मान गरिएको थियो ।