ब्यानर

तमू सञ्चारकर्मीहरुद्वारा गण्डकी प्रदेशका २ मन्त्रीलाई बधाई ज्ञापन

पोखरा । तमू (गुरुङ) सञ्चारकर्मीहरुद्वारा गण्डकी प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीलाई बधाई ज्ञापन गरिएको छ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय समिति र जिल्ला शाखा कास्कीको संयुक्त टोलीले मंगलबार मन्त्रीको कार्यकक्षमै पुगेर बधाई ज्ञापन गरेको हो ।

संघको केन्द्रीय अध्यक्ष लाला गुरुङको नेतृत्वमा बधाई दिन पुगेको टोलीले गण्डकी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीद्वय उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बेद बहादुर गुरुङ (श्याम) र भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री राजिव गुरुङलाई गुरुङ संस्कार अनुसार फेटा लगाई बधाई ज्ञापन गरेको थियो ।

बधाई ज्ञापनका लागि संघका केन्द्रीय पदाधिकारी सहित पूर्व केन्द्रीय अध्यक्ष मीना गुरुङ, कास्की जिल्ला निवर्तमान अध्यक्ष शान्ति गुरुङ, कास्की जिल्ला अध्यक्ष युग गुरुङ लगायतका तमू (गुरुङ) सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।