सिड्नी, अष्ट्रेलिया। अष्ट्रेलियामा रहेका तमु (गुरुङ) समुदायको साझा सामाजिक तथा सांस्कृतिक संस्था तमु समाज सिड्नीको अध्यक्षमा डा. समिता गुरुङ सर्वसम्मत रूपमा चयन भएकी छन्। संस्थाको हालै सम्पन्न साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै आगामी दुई वर्षका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–बेझाङसँग वैवाहिक सम्बन्ध जोडिएकी डा. गुरुङको जन्म रिभानमा भएको हो।…