नेपाली बालबालिकाहरुका लागि तमु समाज युकेबाट ४० हप्ते नेपाली भाषा कक्षा सुरु

शिवकुमार गुरुङ युके । लन्डन । तमु समाज युकेले उत्तर पश्चिम लन्डनका नेपालीमूलका बालबालिकाहरुका लागि ४० हप्ते नेपाली भाषा कक्षा सुरु गरेको छ । नेसनल लोट्री फन्डको प्रायोजनमा तमु समाज युकेले २२ मार्च शनिबार आफ्नै सामुदायिक भवन बारहम पार्क सडबरिमा नेपाली भाषा कक्षा सुरु गरेको हो । तमु समाज युकेका अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले नेपाली…